विकास आयोजना खारेजसम्बन्धी सरकारी निर्णय विरुद्ध बर्दिबासमा प्रदर्शन

विकास आयोजना खारेजसम्बन्धी सरकारी निर्णय विरुद्ध बर्दिबासमा प्रदर्शन
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको बहुप्रतिक्षित बर्दिबास मेडिकल कलेज विकास योजना खारेजको विरोधमा स्थानीयहरूले विरोध जनाएका छन्। सोमबार दिउँसो पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिबास चौकमा स्थानीयहरूले सरकारी निर्णयको विरोधमा आधा घण्टा चक्का जाम गर्दै विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण सो राजमार्गबाट सञ्चालित यातायात सेवा आधा घण्टाजति ठप्प भएको थियो। प्रदर्शनमा सहभागी पोषण थापाले सरकारले गर्नु नहुने काम गरेको प्रतिक्रिया दिएका छन्। आशाका किरणका रूपमा रहेको बर्दिबास मेडिकल कलेज पूर्वाधार संरचनालाई खारेज गरि वर्तमान सरकारले महोत्तरीवासीको चित दुखाएको थापाले बताएका छन्। 

अघिल्लो सरकारले स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढाइसकेको बर्दिबास मेडिकल कलेज आयोजना वर्तमान सरकारले खारेज गरेपछि स्थानीयवासी आन्दोलित बन्नुपरेको उनले सुनाएका छन्।

बालेन शाह नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बर्दिबास, बुटवल र सुर्खेतमा प्रस्तावित मेडिकल पूर्वाधार निर्माण विकास आयोजना खारेज गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.