नयाँ वर्षको अवसरमा सामसङको स्मार्ट घर, स्मार्ट सुरुवात अभियान
काठमाडौं : सामसङ नेपालले नयाँ वर्ष २०८३ का अवसरमा २४ महिनासम्मको एक्स्टेन्डेडईएमआई योजना, पक्का उपहार तथा आकर्षक छुटसहित ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा गरेको छ।
सामसङको ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नयाँ वर्ष अफरसँगै आफ्ना नयाँ टिभी र होम एप्लायन्सहरूका साथ वर्षको सुरुवात गर्न सकिने छ। यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ।
विश्वकै नम्बर १ भिजन एआई टिभी र बेसपोक एआई होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउनसकिने छ र घरलाई अझ स्मार्ट बनाउनसकिने छ। यस क्याम्पेनअन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ।
नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हो।
यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज निःशुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६kg Surf Excel Matic पक्का उपहारको रूपमा निःशुल्क पाइन्छ।
अब नयाँ २४ महिनाईएमआई योजनासँग सामसङका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिनाईएमआई को तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।
हुलास फिनसर्भ हायर पर्चेसद्वारा सञ्चालित, सामसङ इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिनाईएमआई योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिनाईएमआई विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागू हुन्छ।
साथै, नयाँ सामसङटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसङस्टोरमा गई विवरण बुझ्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस !