बालिका बलात्कारको आरोपमा ५३ बर्षीय दनुवार पक्राउ

बालिका बलात्कारको आरोपमा ५३ बर्षीय दनुवार पक्राउ
सुन्नुहोस्

धनुषा : धनुषामा एक ९ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा ९ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ५३ वर्षीय ओपेन्द्रसिंह दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घटनाबारे थप प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

‘घटना गत बिहीबारको भए पनि पीडित बालिकाको परिवारले शनिबार मात्रै प्रहरीलाई जानकारी गराएको हो । ‘पक्राउ परेका दनुवारमाथि जबरजस्ती करणी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक यादवले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.