पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको कांग्रेस भेलामा के भयो छलफल?

पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको कांग्रेस भेलामा के भयो छलफल?

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने बताएका छन्।

मंगलबार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा काठमाडौंमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेलामा उनीहरूले विशेष महाविधेशनको नेतृत्वले पार्टीको आन्तरिक विषयलाई संवेदनशील ढंगले लिन नसकेको भन्दै आन्तरिक संघर्षलाई व्यवस्थित गरेर लैजाने बताए। 

पार्टी नेतृत्वको विवाद अदालतमा विचाराधीन रहँदा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बलबिचाइ गर्न खोजेको निष्कर्ष रहेको कांग्रेस नेता मानबहादुर नेपालीले बताए। उनले मुलुकमा पार्टीको पराजय र लोकतन्त्र नै कमजोर भइरहेका बेला सबै पक्ष सहज र सतर्क हुनुपर्नेमा जोड दिए।

कांग्रेसको प्रचलित विधान, नियमावली र परम्परालाई ठाडो चुनौती दिएर आफूलाई स्वघोषित रूपमा सभापतिको रूपमा हस्ताक्षर गरेपछिको विवाद अदालतमा रहेकाले गगन थापालाई सभापति स्वीकार गर्न नसकिने बताए। उनले अहिलेसम्म १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति नै वैधानिक रहेका दाबीसमेत गरे।

छलफलमा केही नेताहरूले भने समानान्तर गतिविधि भन्दा पार्टीलाई बलियो र एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए। सदस्यहरूले धारणा राख्न बाँकी रहेकाले छलफल बुधबार पनि जारी रहने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.