सिद्धार्थ बैंकद्वारा कासगर समुदायका महिलाहरूलाई सिलाई–कटाई मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा कासगर समुदायका महिलाहरूलाई सिलाई–कटाई मेसिन हस्तान्तरण
सुन्नुहोस्

काठमाडौं : सिद्धार्थ बैंकले कैलाली र बाँकेका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउनका लागि चैत ८ गते कैलालीमा र चैत १० गते बाँकेमा छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी सिलाई–कटाई मेसिनहरू हस्तान्तरण गरेको छ। 

कैलालीमा ५ जना महिलालाई र बाँकेमा १० जना महिलालाई गरी १५ वटा सिलाई–कटाई मेसिन बैंकद्धारा हस्तान्तरण गरिएको हो। कासगर समुदायका महिलाहरूको जीवनस्तर उकास्ने तथा सिकेको सीपलाई व्यवहारमा उतार्न सहयोग पुर्‍याउने लक्ष्यसहित बैंकले यी मेसिनहरू उपलब्ध गराएको हो। 

यस सहयोगले महिलाहरूको आर्थिक पक्षमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै साना घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन दिएको छ। सिलाई–कटाई सीपलाई व्यावसायिक रूपमा उपयोग गर्दै उनीहरूले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डर अनुसार काम गरी नियमित आम्दानी गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ। 

यसबाट परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने र महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आफ्नै घर तथा समुदायमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्नेछ भन्ने बैंक विश्वस्त छ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.