पूर्वकार्यवाहक सभापति खड्कालाई सचेत, ५०७ लाई स्पष्टीकरण

पूर्वकार्यवाहक सभापति खड्कालाई सचेत, ५०७ लाई स्पष्टीकरण
सुन्नुहोस्

काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको अनुशासन आयोगले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ‘सचेत’ गराउँदै ५ सय ७ जनासँग स्पष्टीकरण सोधेको छ। 

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा खड्काले कार्यवाहकको हैसियतमा विज्ञप्ति प्रकाशित गरेपछि अनुशासन आयोगले ‘अनधिकृत वक्तव्य’ निकालेको भन्दै खड्कालाई सचेत गराउने निर्णय गरेको हो। ‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी ०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ,’ अनुशासन आयोगका संयोजक तारामान गुरुङले भने। 

आगामी दिनमा पनि अनुशासन उल्लंघन गरे खड्कालाई कारबाही गरिने समिति संयोजक गुरुङले बताए। ‘अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्तिउपर नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहित र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ,’ आयोगको निर्णयमा उल्लेख छ।  आयोगका संयोजक गुरुङले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवारको विपक्षमा उभिएका पार्टीका ५ सय ७ जनाविरुद्ध उजुरी परेको र उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए। पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका, बागीको समर्थक र प्रस्तावक बसेकाहरूलाई कारबाहीका लागि उजुरी परेको गुरुङले बताए। 

उनका अनुसार निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार–प्रसारमा लागेका र पार्टीका उम्मेदवारको विरुद्धमा लागेर विपक्षीलाई टेवा पु‍र्‍याएकाहरूमाथि पनि उजुरी परेका छन्। 

निर्वाचनमा कांग्रेसलाई मत नमागी ‘साइलेन्स किलिङ्को काम गरेकालाई पनि कांग्रेसले नोटिसमा राखेको उनले बताए। कांग्रेसबाट जनप्रतिनिधि भइ निर्वाचनमा विपक्षीलाई सहयोग गरेकाहरूसँग पनि ७ दिनभित्र स्पष्टीकरण माग गरिएको गुरुङले बताए।
 गुरुङले भनेका छन्, ‘छानबिनबाट वर्गीकरण गरिएको उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेको व्यक्तिहरूबाट ७ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।’ निर्वाचनमा अनुशासन उल्लंघन गर्नेहरूमाथि चैत मसान्तसम्म उजुरी संकलन गरिने उनले बताए।

संवादमा जाने तर नझुक्ने इतरपक्ष
कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आगामी आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति शेरबहादुर देउवा र आफू रहेको संकेत गरेका छन्। कांग्रेस आधिकारितासम्बन्धी रिटमा सर्वोच्चले आइतबारका लागि पेसी तोकेको छ।

नेता कोइरालाले कांग्रेस विवाद समाधान गर्न सहमति गर्ने तर झुकेर नजाने स्पष्ट गरेका छन्। ‘पार्टी एकताका लागि विशेष महाधिवेशनका साथीहरूसँग सहमति गर्न सकिन्छ तर झुकेर होइन,’ कोइरालाले भने, ‘झुकेर जाने भन्ने हुँदैन। दुवै पक्ष बसेर संवादबाट सहमतिमा पुग्नुपर्छ।’ 
कांग्रेस सिद्धयाउने योजनाअनुसार नेताहरू प्रयोग भएको उनले बताए। ‘कन्ट्रोल्ड डेमोक्रेसिको प्य्राक्टिस हुँदै छ,’ कोइरालाले भने, ‘कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै सबै प्रयोग भएका छन्।’

संस्थापनइतर पक्षका नेताहरूले १४औं महाधिवेशनबाट निर्वाचित सिंगो समितिलाई मान्यता दिए मात्रै विशेष महाधिवेशन पक्षधरसँग मिलेर नियमित महाधिवेशनमा जाने अडान राखेका छन्। यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ। 
बुधबार निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको भेलामा सहभागी भएका नेताहरूले विधि र विधान सम्मत ढंगले १४औं महाधिवेशनमा निर्वाचित समितिलाई वैधानिकता दिए मात्र आफूहरू नियमित महाधिवेशनमा जाने बताएका छन्। 

नेता गुरु बरालले भने, ‘पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा छ। त्यसको मुद्दाको पैmसला भएपछि मात्रै १५औं महाधिवेशनको तयारीमा जुट्ने हो। १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मानेर अगाडि बढ्नुपर्छ। सबै साथीहरूलाई यही आग्रह गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.