ट्रम्पको धम्की : इरानमाथि बम वर्षा गरेर पाषाण युगमा पुर्‍याउनेछौं

ट्रम्पको धम्की : इरानमाथि बम वर्षा गरेर पाषाण युगमा पुर्‍याउनेछौं
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पाषाण युग’ मा पुर्‍याई दिने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले आगामी केही हप्ताभित्र इरानमाथि बमबारी गर्ने र उसलाई पाषाण युगमा पुर्‍याइ दिने धम्की दिएका हुन् । ट्रम्पले यस हप्ताको सुरुमा पनि इरानलाई यस्तै चेतावनी दिएका थिए ।

बिहीबार बिहान ह्वाइट हाउसमा आफ्नो सम्बोधनका क्रममा उनले भने, ‘हामी आगामी दुईदेखि तीन हप्ताभित्र उनीहरू (इरान) माथि धेरै ठूलो आक्रमण गर्न जाँदैछौं । हामी उनीहरूलाई फेरि पाषाण युगमा पुर्‍याउनेछौँ, जहाँ उनीहरू हुनुपर्ने हो ।’ ट्रम्पले सम्बोधनका क्रममा अमेरिका आगामी दुई–तीन हप्ताभित्र इरानबाट बाहिरिने समेत बताएका छन् । ट्रम्प प्रशासनले इरानसँगको युद्ध सुरु हुँदा नै यो संघर्ष चारदेखि छ हप्ताभन्दा बढी नलाग्ने जनाएको थियो ।

ट्रम्पले आफ्नो १९ मिनेटको सम्बोधनमा इरानविरुद्धको युद्धको उद्देश्य पूरा हुन निकै नजिक पुगेको दाबी गरे । सम्बोधनमा उनले भने, ‘हामी इजरायल र मध्यपूर्वका आफ्ना अन्य सहयोगीहरू जस्तै साउदी अरेबिया, बहराइन, कतार, कुवेत र यूएईलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिन्छौं ।’

ट्रम्पले सम्बोधन ‘एपिक फ्युरी’ अमेरिका र विश्व सुरक्षाका लागि किन आवश्यक छ भन्ने बुझाउन खोजेको देखिन्छ । अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाहीलाई ‘एपिक फ्युरी’ नाम दिएको छ ।

उनले भने, ‘पछिल्ला ४७ वर्षमा इरान वा उसका समर्थित समूहहरूले धेरै चरमपन्थी आक्रमणहरू गरेका छन् ।’ उनले इरानको नेतृत्वलाई ‘हत्यारा’ को आरोप लगाए । हालै देशभित्र भएका विरोध प्रदर्शनहरूमा भएको दमनको पनि उनले उल्लेख गरे ।  जसमा हजारौं नागरिक मारिएका थिए । उनले भने, ‘यस्ता नेताहरूलाई परमाणु हतियार प्राप्त गर्न अनुमति दिन सकिँदैन । म यो कहिल्यै हुन दिने छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.