ट्रम्पले किन मागे आर्मी चीफको राजीनामा ?

ट्रम्पले किन मागे आर्मी चीफको राजीनामा ?
सुन्नुहोस्

अमेरिका : अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आर्मी चीफ अफ स्टाफ जनरल र्‍​यान्डी ए जर्जलाई पदबाट राजीनामा दिन भनेका छन् । ‘अमेरिकी सेनाका ४१ औं चीफ अफ स्टाफ पदबाट उनी तुरुन्त सेवा निवृत्त हुँदै गरेको पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

सामान्यतया आर्मी चीफको कार्यकाल चार वर्षको हुन्छ । रैंडी जर्जले वेस्ट पोइन्ट मिलिट्री एकेडेमीबाट अध्ययन गरेका थिए । उनलाई २०२३ मा पूर्व राष्ट्रपति जो बाइडेनले यस पदमा नियुक्त गरेका थिए । ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानसँग अमेरिका–इजरायल युद्ध ‘छिट्टै’ अन्त्य हुने बताए लगतै यस्तो फेरबदलको अवस्था आएको हो ।

जर्जले यसअघि खाडी युद्धमा तथा त्यसपछि इराक र अफगानिस्तानका हालिया द्वन्द्वहरूमा इन्फ्यान्ट्री अफिसरको रूपमा काम गरेका थिए । तर उनलाई किन पद छोड्न भनियो भन्ने कुरा अझै स्पष्ट भएको छैन । सीबीएससँगको कुराकानीमा रक्षा विभागका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा भने, ‘हामी उहाँको सेवाप्रति आभारी छौं, तर अब सेनामा नेतृत्व परिवर्तनको समय आएको छ ।’

पेन्टागनका प्रवक्ता पार्नेलले भनेका छन्, ‘डिपार्टमेन्ट अफ वार जनरल जर्जको दशकौंको सेवाप्रति आभारी छ । हामी उहाँको सेवा निवृत्तिपछिको जीवनका लागि शुभकामना दिन्छौं ।’ अमेरिकी मिडियाका अनुसार, उनको स्थानमा आर्मी वाइस चीफ अफ स्टाफ जनरल क्रिस्टोफर ला–नेव कार्यवाहक आर्मी चीफ अफ स्टाफ बन्ने छन् । पेन्टागनमा आएपछि हेगसेथले एक दर्जन बढी वरिष्ठ सैन्य अधिकारीहरू हटाइसकेका छन् । जसमा चीफ अफ नेवल अपरेशन्स र एयर फोर्सका वाइस चीफ अफ स्टाफ पनि छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.