कान्तिपुर सिटी कलेजलाई विश्वविद्यालय अनुदान आयोगको प्रमाणपत्र
काठमाडौं : काठमाडौं–२९ स्थित ‘कान्तिपुर सिटी कलेज’ ले विश्व विद्यालय अनुदान आयोगको प्रमाणपत्र प्राप्त गरेको छ ।
कलेजले आवश्यक शैक्षिक गुणस्तर, मापदण्ड र नियमहरु पुरा गरेको जनाउँदै सानोठिमी भक्तपुरस्थित विश्व विद्यालय अनुदान आयोगले प्रमाणपत्र प्रदान गरेको हो । आयोगका अध्यक्ष देवराज अधिकारीले उक्त प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !