मालपोत कार्यालयबाट चारजना बिचौलिया पक्राउ

मालपोत कार्यालयबाट चारजना बिचौलिया पक्राउ
तस्बिर : अन्नपूर्ण

रौतहट : रौतहट सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिने चारजना बिचौलिया पक्राउ पारेका छ्न् । सेवाग्राहीलाई विभिन्न समयमा विभिन्न बहना पारेर ठगी गर्दै आएका एकाराम नरेश,सिकित नारायण ,संजय कुमार र  बब्लु प्रसाद बिचौलियालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जग्गा पास वा विक्रीसहित विभिन्न काम गराउन उक्त कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भन्दै प्रलोभन देखाएर रकम असुल्ने कार्यमा संलग्न बिचौलियाहरूलाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

लामो समयदेखि मालपोत कार्यालय तथा वरिपरि सक्रिय यी व्यक्तिहरूले सर्वसाधारणलाई दुःख दिँदै आएको गुनासो बढेपछि प्रहरी सक्रिय बनेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाहीको मागसमेत उठेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.