प्रधानमन्त्री शाहको प्रेस विज्ञमा दाहाल नियुक्त
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम पत्रकार दाहाललाई शुक्रबार नियुक्त गरिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्। दाहाल पूर्व अन्नपूर्णकर्मी समेत हुन्।
प्रतिक्रिया दिनुहोस !