'बादल'को अभिव्यक्ति एमालेले सच्यायो

'बादल'को अभिव्यक्ति एमालेले सच्यायो

काठमाडौं : नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले संसदमा दिएको अभिव्यक्तिबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको जनाएको छ। संसदीय दलका नेताले अभिव्यक्ति गरेका कतिपय अभिव्यक्तिप्रति स्पष्ट पार्दै एमालेले सुरक्षा निकाय र निजामती प्रशासनसँग मित्रवत् सम्बन्ध रहेको बताएको छ।

सचिवालय बैठकको निर्णयमा भनिएको छ, 'संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो। मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने छ।'

बैठकले संसदीय दलका नेता चयनमा पनि लोकतान्त्रिक विधि अपनाइएको स्पष्ट पारेको छ। दलको नेता छान्न कुनै पनि प्रकारको निर्देशन वा नियन्त्रण नभएको एमालेले जनाएको छ।

'दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो। निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन,' निर्णयमा भनिएको छ। 

लोकतान्त्रिक विधिबाट तय भएको निर्णयलाई सम्मान गर्न र सार्वजनिकरूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न एमालेले अपीलसमेत गरेको छ। बिहीबार बसेको संसद बैठकमा एमाले संसदीय दलका नेता बादलले नेपाली सेना, व्युरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबरा फाउण्डेशनमाथि गम्भीर आरोप लगाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.