मध्यपुर थिमिमा सहकारीपीडितको बचत फिर्ता सुरु

मध्यपुर थिमिमा सहकारीपीडितको बचत फिर्ता सुरु

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले सहकारीपीडितको बचत फिर्ता गर्न सुरु गरेको छ। ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर नगरपालिकाले समस्याग्रस्त सहकारी घोषित गरी व्यवस्थापन जिम्मा लिएको ‘कृषि विकास बचत तथा ऋण सहकारी संस्था’ का पीडित बचतकर्तालाई जनही १० हजार रुपैयाँ वितरण गर्दै बचत फिर्ताको अभियान सुरु गरेको हो।

दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोडेको प्रतिनिधित्व हुने गरी शुक्रबार आयोजित कार्यक्रममा १० जनालाई जनही १० हजार रुपैयाँ नगदै फिर्ता गरिएको छ। बाँकी सबै पीडितलाई बैंक खातामार्फत क्रमशः बचत फिर्ता गर्दै जाने नगरपालिकाले जनाएको छ। मध्यपुर थिमि–३, गठ्ठाघरमा सञ्चालित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ताको बिचल्ली भएको थियो। उक्त सहकारीलाई सहकारी ऐन २०७९ तथा नियमावली २०८० बमोजिम समस्याग्रस्त घोषणा गरी नगरपालिकाले व्यवस्थापन सम्हालेको थियो।

गत वर्ष जेठ १७ गते सो सहकारीलाई समस्याग्रस्त घोषणा गरी जेठ २८ गते नगरपालिकाले उच्च अदालतका पूर्वन्यायाधीश विनोदमोहन आचार्यको अध्यक्षतामा ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो। सो समितिले सहकारीका बचतकर्तालाई बचत रकम दाबी गर्न आउन र ऋणीहरूलाई ऋण रकम चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तीमध्ये पहिलो चरणमा समितिमा चेक जम्मा गरेका २ सय ५२ बचतकर्तालाई जनही १० हजार रुपैयाँ फिर्ता गर्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। समितिमा हालसम्म ५ सय ४९ बचतकर्ताले बचत रकम फिर्ताको दाबी गर्दै निवेदन दिएका छन्।

सहकारीका ऋणीहरूबाट ऋण असुलीको कार्य पनि भइरहेको छ। समितिले हालसम्म ४२ लाख रुपैयाँ ऋण असुली गरिसकेको बताइएको छ। सोही रकमबाट बचत फिर्ताको काम सुरु गरिएको नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए। 

नगरपालिकाको सहकारी शाखाका अनुसार कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताबाट हालसम्म २२ करोडभन्दा बढी रकमको दाबी परेको छ भने संस्थाले २४ करोड रुपैयाँ ऋण लगानी गरेको देखिन्छ। मध्यपुर थिमि नगरपालिकामा हाल १ सय १८ सहकारी संस्था रहेका छन्। तीमध्ये नगरपालिकाको क्षेत्राधिकार भित्रका ९० सहकारी संस्था मात्र नियमित सम्पर्कमा रहेको नगर प्रमुखको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.