सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा दुई दिन बिदा दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पेट्रोलियम आपूर्तिमा उत्पन्न समस्याका कारण चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय भएको प्रवक्ता पोखरेलको भनाइ छ।
त्यस्तै शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस !