सर्लाहीको दोस्रो जित, बारा ४१ रनले पराजित

सर्लाहीको दोस्रो जित, बारा ४१ रनले पराजित
सुन्नुहोस्

सिमराः सर्लाही जिल्ला क्रिकेट संघले बाराको सिमरामा आयोजित जितपुरसिमरा क्रिकेट कप प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। उद्घाटन खेलमा पर्सालाई स्तब्ध बनाएको सर्लाहीले दोस्रो खेलमा आइतबार बारा जिल्ला क्रिकेट संघलाई ४१ रनले पराजित गरेको हो।

जितपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको बारालाई १५.५ ओभरमा ११० रनमा रोक्दै सर्लाही विजयी भएको हो। बारालाई रोक्ने क्रममा सर्लाहीका जितेश मण्डलले तीन विकेट चट्काए। यसैगरी अभय यादव, अली हसन र राहुल महतोले दुई/दुई विकेट हात पार्दा चक्रधार यादवले एक विकेट लिए।

बाराका रविकुमार साहले २७, भुलावन सहनीले २०, महमद साहिद अलीले ११ र सिराज हवारीले १० रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। सर्लाहीका लागि अली हसनले ३८, रोशन राउतले ३४ र रञ्जित यादवले अविजित ३३ रन बनाए।

बाराका मन्नु हवारी र भुलावन सहनीले दुई/दुई विकेट लिए भने रविकुमार साह, सिराज हवारी, युवराज सर्राफ र रोहन साहले समान एक/एक विकेट लिए। सर्लाहीका अली हसन प्लेयर अफ दि म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत सोमबार बारा र पर्साबीच खेल हुनेछ। जितपुरसिमरा स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.