सदनमा कसैलाई भेदभाव हुँदैन : सभामुख अर्याल

सदनमा कसैलाई भेदभाव हुँदैन : सभामुख अर्याल
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट पारेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सभामुखको पद तटस्थ,निष्पक्ष र समन्वयकारी हुने भन्दै दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट पारेका हुन् । संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफ्नो अहम भूमिका रहने उनको भनाइ छ ।

सभामुख अर्यालले संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष भएकाले यस कार्यको लागि संसद एक खुला विश्वविद्यालयसरह रहने धारणा राखे । सत्तापक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबै सांसदहरूको प्रभावकारी भूमिका रहने उनले बताए।

सभामुख अर्यालले संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे । साथै उनले देशमा सुशासन कायम,भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माण गर्न र रोजगारी सिर्जनाका लागि आवश्यक कानुन बनाउने थलो संसद भएकोले सबै राजनीतिक दलहरूलाई रचनात्मक सहयोग र सहभागिताको लागि आग्रह समेत गरे।

सभामुख अर्यालले परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्वपूर्ण कानुन निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी रहेकाले समयबद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै सांसदहरुको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे । नयाँ कानुन निर्माण गर्नुभन्दा विद्यमान ऐन कानुनको गम्भीर समीक्षा र पुनरावलोकन गर्दै आवश्यक कानुन निर्माणमा जुट्नुपर्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.