योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
काठमाडौं : योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
त्यस्तै बैठकले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेप्युटी गभर्नर पदमध्ये एकमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !