इरानलाई ट्रम्पको चेतावनी : आज एउटा सभ्यता र ४७ वर्ष पुरानो शासनको अन्त्य हुनेछ
अमेरिका : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सीधा चेतावनी दिँदै मंगलबार राति ‘एउटा पूरा सभ्यता’ समाप्त हुन सक्ने बताएका छन् ।
ट्रम्पले इरानलाई सम्झौतामा आउन वाशिङ्टन समय अनुसार मंगलबार राति ८ बजेसम्मको समय दिएका छन् । तर, इरानको तर्फबाट अहिलेसम्म कुनै सहमति भएको छैन ।
यसैबीच, ट्रम्पले आफ्नो ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै मंगलबार राति पूरा सभ्यता समाप्त हुन सक्ने बताएका छन् । ट्रम्पले ट्रुथ सोशलमा के लेखे ? राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘एउटा पूरा सभ्यता आज राति समाप्त हुनेछ र फेरि कहिल्यै फर्किने छैन । म यस्तो चाहन्नँ, तर सायद यस्तो हुन सक्छ ।’
‘तर, अब जब पूर्णरूपमा सत्ता परिवर्तन हुनेछ, जहाँ फरक, बढी समझदार र कम कट्टर सोच भएका मानिसहरू अघि आउने छन्, तब सायद केही धेरै ठूलो र राम्रो हुन सक्छ, कसलाई थाहा ?’
उनले लेखेका छन्, ‘हामीलाई आज राति थाहा हुनेछ । यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणहरूमध्ये एक हो ।’ ‘४७ वर्षदेखि चलिरहेको दबाब, भ्रष्टाचार र मृत्युको युग अन्ततः समाप्त हुनेछ’, उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस !