इजरायली प्रधानमन्त्रीले भने- इरानका रेलमार्ग र पुलहरूमा आक्रमण गर्‍यौं

इजरायली प्रधानमन्त्रीले भने- इरानका रेलमार्ग र पुलहरूमा आक्रमण गर्‍यौं
सुन्नुहोस्

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका रेलमार्ग र पुलहरूमा आक्रमण गरेको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत् उनले दर्जनौं विमान र हेलिकोप्टर नष्ट गरेको उल्लेख गरेका छन्। रिभोल्युशनरी गार्ड्सले प्रयोग गर्ने रेलमार्ग र पुलहरूमा पनि आक्रमण गरेको उनको भनाइ छ।

यसैबीच इजरायलको आइडीएफले आठ वटा पुलमा आक्रमण गरेको जनाएको छ। उक्त पुल इरानी सेनाले प्रयोग गर्दै आएको दाबी गरिएको छ। आइडीएफका अनुसार यी आक्रमणहरू तेहेरान, कराज, तब्रिज, कसान र कुमलगायतका शहरहरूमा भएका छन्।

यसअघि इरानको सरकारी सञ्चारमाध्यमले काशानस्थित एक पुलमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको थियो। सो घटनाअघि इजरायलले इरानी नागरिकलाई 'आफ्नो सुरक्षाका लागि' रेलयात्रा नगर्न चेतावनी दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.