प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा आयोगको प्रतिवेदन पेश गर्ने
काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सभामुख डीपी अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन,२०८२ पेश हुने कार्यसूचीमा उल्लेख छ।
यसैगरी आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !