अमेरिकाबाट भएको युद्धविरामले इरानका कट्टरपन्थीहरूलाई किन उठाएको छ रिस ?

अमेरिकाबाट भएको युद्धविरामले इरानका कट्टरपन्थीहरूलाई किन उठाएको छ रिस ?
सुन्नुहोस्

काठमाडौं : अमेरिकाबाट भएको युद्धविरामलाई लिएर इरानका कट्टरपन्थीहरु असन्तुष्ट देखिएका छन् । केही दिनअघि मात्रै इरानको राजधानी तेहरानलाई नियन्त्रण गर्ने इस्लामिक गणतन्त्रका कट्टरपन्थी नेताहरूले शहरको सबैभन्दा व्यस्त चोकमध्ये एकमा ठूलो ब्यानर राखेका थिए । त्यसमा लेखिएको थियो, ‘होर्मुज स्ट्रेट बन्द रहनेछ ।’

यो सन्देश इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको आदेशको संकेत थियो, जो गत महिना नेतृत्वमा आएपछि सार्वजनिक रूपमा देखिएका छैनन् । तर अहिले, इरानले दुई हप्ताको युद्धविराममा सहमति जनाएपछि र पाकिस्तानको अनुरोधमा होर्मुज स्ट्रेट फेरि खोल्न राजी भएपछि, त्यो ब्यानर हटाउनु पर्ने हुन सक्छ ।

यस सम्पूर्ण मामिलामा पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । यो युद्धबिराम इरानले अस्थायी युद्धविरामका लागि तयार छैनौं भनिरहेका बेला आएको हो । उसले अमेरिका र इजराइलविरुद्ध चलिरहेको युद्धको स्थायी अन्त्य चाहेको थियो ।

कट्टरपन्थी समूहहरू यसबाट सन्तुष्ट छैनन् । इरानले होर्मुज स्ट्रेट बन्द गरेको र मिसाइल तथा ड्रोनमार्फत खाडी देशहरूमा ठूलो क्षति पुर्‍याउने क्षमता देखाएको कुराले उनीहरू अझ उत्साहित भएका थिए । उनीहरूको विश्वास छ कि इरानले युद्ध जारी राख्नु पर्थ्याे, किनकी अमेरिका र इजराइलविरुद्ध उसको स्थिति बलियो थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.