भक्तपुरमा बिस्का जात्रा सुरू (फोटो फिचर)

भक्तपुरमा बिस्का जात्रा सुरू (फोटो फिचर)

भक्तपुर : सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा मानिने बिस्का जात्रा औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष नयाँ वर्षको अवसर पारेर मनाइने यो जात्रा स्थानीयवासी तथा देशभरिका दर्शकहरूको आकर्षणको केन्द्र बन्ने गर्छ।

नयाँ वर्ष २०८३ सालको स्वागतसँगै बिस्का जात्राको उल्लासमय वातावरण सिर्जना गर्न श्री नासा हेइमा बाजा खलले बिहीबार विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा परम्परागत बाजागाजा तथा सांस्कृतिक प्रस्तुती गरिएको थियो।

बिस्का जात्राको मुख्य आकर्षणका रूपमा रहेको भगवान् भैरवनाथको तीनतले रथ शुक्रबार तानिने छ। यस रथ तान्ने परम्परा निकै पुरानो र रोमाञ्चक मानिन्छ, जहाँ स्थानीय बासिन्दा तथा श्रद्धालुहरू उत्साहपूर्वक सहभागी हुन्छन्। रथ तान्ने क्रममा विभिन्न टोलका मानिसहरूबीच प्रतिस्पर्धात्मक रूपमा रथ तान्ने चलन रहेको छ, जसले जात्रालाई अझ रोचक बनाउने गर्छ।

यस जात्राले भक्तपुरको सांस्कृतिक पहिचानलाई जगेर्ना गर्नुका साथै पुस्तौँदेखि चलिआएको परम्परालाई निरन्तरता दिँदै आएको छ। 

nullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.