नेपाल ‘ए' टिमले ओमान, अमेरिका र स्कटल्यान्डसँग खेल्ने
काठमाडौं : नेपालको क्रिकेट टिम 'ए'ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेलहरू खेल्ने भएको छ। नेपालमा आयोजना हुने आइसीसी विश्वकप लिग २ का २ शृंखला अगाडि नेपालको ‘ए' टिमले एकदिवसीय खेलहरू खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।
नेपाल ‘ए' टिमले माथिल्लो मूलपानी क्रिकेट मैदानमा ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ। नेपाल ‘ए'ले तीनैवटा टोलीसँग २/२वटा खेल खेल्ने तालिका सार्वजनिक भएको छ।
तालिका अनुसार नेपाल ‘ए' टोलीले पहिलो दुई खेल ओमानसँग खेल्नेछ। अप्रिल २२ र २४ मा नेपाल ‘ए'ले ओमानसँग खेल्नेछ। मे ६ मा नेपाल ‘ए'स्कटल्यान्डसँग र मे ७ मा अमेरिकासँग खेल्नेछ। मे ९ मा नेपाल ‘ए'ले पुनः स्कटल्यान्डसँग र मे ११ मा पुनः अमेरिकासँग खेल्ने गरी तालिका सार्वजनिक भएको हो।
नेपालको ‘ए' टोलीले पछिल्लो पटक भारतको आसामसँग टी२० शृंखला खेलेको थियो। त्यसपछि नेपाल ‘ए' टोलीले कुनै पनि खेल खेलेको थिएन।
यो शृंखलाको लागि नेपालको 'ए' टोली भने घोषणा हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !