राष्ट्रपति पौडेलले आज संघीय संसदमा सम्बोधन गर्ने
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा,९५ बमोजिम दिउँसो ३ बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।
त्यसका लागि दुबै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !