मध्यपूर्वी देशमा द्वन्द्व : हालसम्म ११ नेपाली पक्राउ, २८ जना घाइते
काठमाडौं : अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा ११ जना नेपाली पक्राउ परेका छन्। द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि उनीहरू पक्राउ परेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पक्राउ पर्नेको संख्या ११ पुगेको बताए। उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका थिए।
त्यस्तै युद्ध सुरू भएयता घाइते हुनेको संख्या २८ जना पुगेको छ। तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको प्रवक्ता पौडेलले बताए। युद्धसम्बन्धी फोटो र भिडियो नहाल्न परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !