उपसभामुखको निर्वाचनमा रुवीकुमारी ठाकुरलाई कांग्रेसको समर्थन
काठमाडौं : नेपाली कांग्रेसले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा बोल्दै सांसद वास्ना थापाले श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई उपसभामुखमा समर्थन जनाउने बताइन्।
उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी ठाकुरले उम्मेदवारी दिएकी छन्। सांसद थापाले उपसभामुख हुन गइरहेकी ठाकुरलाई प्रतिपक्षी भएर काम गर्न आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस !