उपसभामुखमा नेकपाको समर्थन रुवीकुमारीलाई
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
नेकपाका तर्फबाट प्रतिनिधिसभामा बोल्दै सांसद रमेश मल्लले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई आफूहरूको समर्थन रहने बताए।
यसअघि कांग्रेसले पनि रुवीकुमारी ठाकुरलाई समर्थन जनाउने बताएको थियो भने एमालेले तटस्थ बस्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस !