राज्यव्यवस्था तथा सुशासन समितिमा रवि, प्रचण्ड, हर्कसहित अरु को को? (सूचीसहित)
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समिति गठन भएको छ। सभामुख डीपी अर्यालले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समिति गठन भएको जानकारी गराए।
समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाही सदस्य छन्।
त्यस्तै समितिमा अफ्साना बानु, अमरेश कुमार सिह, अर्जुननरसिंह केसी, कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पदमा कुमारी अर्याल, पुरुषोत्तम शुप्रभात यादव, विश्वराज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाई, रविन्द्र पटेल, राम लामा, रुविना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बिक, श्रद्धा कुवर क्षेत्री र हरि ढकाल रहेका छन्।
प्रतिक्रिया दिनुहोस !