उपसभामुख रुवी कुमारीले लिइन् शपथ
काठमाडौं : नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनले सभामुख डीपी अर्यालसमक्ष शपथ लिएकी हुन्।
शपश समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रि सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थको सहभागिता थियो।
शुक्रबार भएको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुवी बहुमतसहित उपसभामुखमा निर्वाचित भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !