नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन्।
गौरीकुमारी यादव महोत्तरी-४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आजै उनीहरूलाई मन्त्री पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए।
प्रतिक्रिया दिनुहोस !