जापानको सहयोगमा विपद् व्यवस्थापन न्युनीकरणका संरचनाहरू हस्तान्तरण
काठमाडौं : जापान सरकारले मोरङमा विपद् व्यवस्थापन, रोकथाम तथा न्युनीकरणका लागि आवश्यक पर्ने भौतिक सामग्रीको निर्माणमा सहयोग गरेको छ। मोरङमा बिहीबार आयोजित कार्यक्रममा काठमाडौंस्थित जापानी दूतावासका डेपुटी चिफ अफ मिस शिन्तो याशुहारुले निर्माण भएका संरचनाको उद्घाटन गरेका हुन्।
उक्त परियोजना जापान सरकारको सहयोगमा जापानी गैरसरकारी संस्था शाप्ला नीरले कार्यान्वयन गरेको हो। परियोजनाको उद्देश्य जलवायु परिवर्तनका कारण उत्पन्न विपद् जोखिमलाई न्यूनीकरण गर्नु हो।
कार्यक्रममा शिन्तोले यस परियोजनाबाट प्राप्त अनुभवमार्फत मोरङ विपद् व्यवस्थापनका क्षेत्रमा उदाहरणीय बन्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !