बेनिघाट–लार्के सडकको वैकल्पिक ट्रयाक खोल्ने कार्य सुरू

बेनिघाट–लार्के सडकको वैकल्पिक ट्रयाक खोल्ने कार्य सुरू
वैकल्पिक ट्रयाक खोलेर अस्थायी रुपमा यातायात सञ्चालन गर्न एक्साभेटर लगाउँदै ।तस्बिर : अन्नपूर्ण

गोरखा : कालोभीरमा झरेको सुख्खा पहिरोका कारण गत चैत २२ गतेदेखि अवरुद्ध रहेको बेनिघाट–लार्के सडक अल्पकालीन रुपमा खुलाउने प्रयास सुरू गरिएको छ । धार्चे गाउँपालिकाले स्थानीय दुईवटा जलविद्युत आयोजनासँग समन्वय गरेर सो पहिरो पन्छ्याइ वैकल्पिक रुपमा ट्रयाक खोल्ने प्रयास गरेको हो । 

‘३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना र यारुखोला हाइड्रोपावर कम्पनीलाई अनुरोध गरेर अस्थायी रुपमा वैकल्पिक ट्रयाक खोल्ने काम सुरु भएको छ’,धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने,‘भत्किएको सडकको ट्रयाकभन्दा केही तल, बूढीगण्डकीको प्रवाहभन्दा केही माथिबाट अर्को ट्रयाक खोलेर अस्थायी रुपमा गाडी पास गर्ने बाटो बनाउँछौँ । जलविद्युतको दुईवटा एक्साभेटरले काम गरिरहेको छ ।’ 

पाँचदिनभित्र वैकल्पिक ट्रयाक खुलाउने उनले बताए । पृथ्वीराजमार्गको बेनिघाटदेखि चीनको सीमाना लार्केभञ्ज्याङसम्मको सो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । तर अहिले यो वर्ष कार्यान्वयन हुने बजेट समाप्त भइसकेको छ । 

पहिरो फालेर बिस्फोट गरी नयाँ ट्रयाक खोल्न सडक विभागबाट नयाँ बजेट तथा कार्यक्रम आएको छैन । पक्की रुपमा सडक खोल्न महिनौं लाग्ने भएकाले अस्थायी रुपमा गाडी चलाउने वैकल्पिक उपाय अपनाएको पालिकाका अध्यक्ष गुरुङले बताए । 

‘त्यो ट्रयाकले आउदो बर्खा अघिसम्म काम दिन्छ कि भन्ने आशा छ,'उनले भने,‘यदि ट्रयाक खुलेन भने चुमनुब्रीका बासिन्दाले खाद्यान्न लगायत अत्यावश्यक सामग्री ओसार्न सक्दैनन् । बर्खाका लागि अहिले नै ढुवानी गरी सञ्चित गरेर राख्न सकेनन् भने चुमनुब्रीमा बर्खा महिनामा भोकमरी लाग्छ सक्छ । निर्माणका सामग्री ढुवानी हुन सकेन भने चुमनुब्रीमा विकास निर्माणको काम पनि अवरुद्ध हुन्छ । त्यसैले अस्थायी रुपमा सवारी साधन चलाउने प्रयास गरिएको हो । पक्की बाटो सेनाले पछि बनाउँदै गर्ला,अहिले तत्कालका लागि हामी खुलाउने प्रयास गर्दैछौँ ।'

यसअघि जिल्ला प्रशासन कार्यालय गोरखाले सो ठाउँमा अस्थायी रुपमा भए पनि यथासीघ्र बाटो सुचारु गर्न अनुरोध गर्दै गाउँपालिकालाई पत्राचार गरेको थियो । उत्तरी गोरखाका बासिन्दा आवतजावत र अत्यावश्यक सामग्री ढुवानी प्रभावित हुने भएकाले सो सडकखण्ड यथासीघ्र खुलाउने वातावरण बनाउन पालिकालाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.