धादिङमा ठूलो परिमाणमा लागुऔषध बरामद

धादिङमा ठूलो परिमाणमा लागुऔषध बरामद

धादिङ : पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गजुरी क्षेत्रमा प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । आइतबार राति गरिएको विशेष चेकिङका क्रममा २८६ किलो ४०० ग्राम गाँजा र २०० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा ५ ख ७५३७ नम्बरको आइचर गाडीमा लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले राति करिब १ः५० बजे गजुरी बजारस्थित सडक खण्डमा उक्त गाडी रोकेर जाँच गरेको थियो ।

प्रहरीले शंकास्पद गाडीको पछाडि भागमा खानतलासी गर्दा त्रिपालले छोपेर राखिएका ९ वटा सेता बोराहरू फेला पारेको थियो । ती बोराहरू खोल्दा ठूलो परिमाणमा गाँजा र अफिम बरामद भएको पुष्टि भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले गाडी चालक निलकण्ठ नगरपालिका–८ का २२ वर्षीय अम्मर विक र सह–चालक सिद्धलेक गाउँपालिका–५ का १९ वर्षीय होमबहादुर विकलाई नियन्त्रणमा लिएको छ । साथै, लागुऔषध ओसारपसारमा प्रयोग गरिएको गाडी र ४ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी प्रकाश दाहालका अनुसार बरामद गरिएको लागुऔषधको स्रोत र यसमा संलग्न मुख्य योजनाकारको पहिचानका लागि अनुसन्धान जारी रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.