अमेरिकाका सहयोगी देश न ट्रम्पको युद्धमा सामेल हुन सक्छन्, न त बच्न

अमेरिकाका सहयोगी देश न ट्रम्पको युद्धमा सामेल हुन सक्छन्, न त बच्न
फाइल फोटो
सुन्नुहोस्

अमेरिका : इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणको विरोध गरेका विश्वका नेताहरू अहिले द्विविधामा परेका छन् । एकातिर युद्धमा सहभागी नभएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिस, अर्कोतिर युद्ध र अमेरिकाका राष्ट्रपतिप्रति गहिरो असन्तुष्टि राख्ने आफ्नै मतदाता ।

यो अवस्थाले अमेरिका र उसका सहयोगीहरूबीचको सम्बन्धको स्वरूप बदल्दैछ । पहिले विश्वका शक्तिशाली नेतालाई सन्तुष्ट पार्ने प्रयास गर्ने नेताहरू अहिले उनको आलोचना गर्न र दूरी बनाउन थालेका छन् । उनीहरू यस्तो केवल अमेरिकी विदेश नीतिप्रतिको असहमतिको कारण मात्र होइन, युद्धसँग सम्बन्धित दबाबका कारण पनि गरिरहेका छन् । जसले उनीहरूका नागरिकको जीविकोपार्जन—र त्यसैले उनीहरूको आफ्नै सरकार र करियरलाई जोखिममा पारेको छ ।
 

ट्रम्पको दोस्रो कार्यकालको व्यवहारलाई प्रभाव पार्ने प्रयास गरेका नेताहरू समेत उनको अवहेलनाप्रति प्रतिक्रिया दिइरहेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सोमबार ट्रम्पले पोप लियो चौधौंमाथि गरेको आक्रमणलाई ‘अस्वीकार्य’ बताइन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मर, जसको ट्रम्पसँगको सम्बन्ध युद्धका कारण बिग्रियो, उनले गत साता भने ट्रम्पका कदमका कारण बेलायतीहरू महँगो ऊर्जा बिल तिर्न बाध्य भएकाले उनी ‘दिक्क’ भइसकेका छन् ।

नेताहरूले आफूले नियन्त्रण गर्न नसक्ने युद्धका परिणामहरूमा प्रतिक्रिया जनाइरहेका छन् । यसको उदाहरण अन्तर्राष्टिय मुद्रा कोषको चेतावनी हो । जसले मंगलबार विश्व अर्थतन्त्र यस वर्ष केवल २.५ प्रतिशत वृद्धितर्फ झुक्दै गएको, सन् २०२५ को ३.४ प्रतिशतबाट घटेको बताएको छ ।

मध्यपूर्वबाट ग्यास र तेलमा निर्भर देशहरू अझ बढी प्रभावित हुन सक्छन् । कोषलेले बेलायतको सन् २०२६ को आर्थिक वृद्धि पूर्वानुमान १.३ प्रतिशतबाट ०.८ प्रतिशतमा झारेको छ । यसले स्टार्मरको कमजोर सरकारका लागि ठूलो संकट निम्त्याउन सक्छ, जसले अर्थतन्त्र पुनर्जीवित गर्ने वाचा पूरा गर्न सकेको छैन ।

अर्का प्रमुख अमेरिकी सहयोगी जापान पनि दबाबमा छ, किनकि ऊ मध्यपूर्वी ऊर्जामा निर्भर छ । ढुवानी खर्च बढ्दा मूल्यवृद्धि भइरहेको छ र सामान्य तलब वृद्धि पनि जोखिममा परेको छ । प्रधानमन्त्री सानाए ताकाइचीले फेब्रुअरीमा ऐतिहासिक चुनाव जितेपछि यति चाँडै यस्तो चुनौतीको सामना गर्नुपर्ने अपेक्षा गरेकी थिइनन् ।

इरान युद्धअघि नै ट्रम्प धेरै सहयोगी राष्ट्रहरूमा अलोकप्रिय थिए । गत वर्षको प्यु रिसर्च सेन्टर (मत सर्भेक्षण र अनुसन्धान गर्ने संस्था) को सर्वेक्षणले देखायो कि एक दर्जनभन्दा बढी देशहरूमा उनको अनुमोदन दर ३५ प्रतिशत वा त्यसभन्दा कम थियो । केही देश-जस्तै इजरायल र नाइजेरिया-बाहेक उनको समर्थन पूर्व राष्ट्रपति जो बाइडेन भन्दा कम थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.