भक्तपुरमा मनाइयो सिन्दूर जात्रा (फोटोफिचर)
भक्तपुर : भक्तपुरको मध्यपुर ठिमीमा आज सिन्दूर जात्रा मनाइएको छ। बिस्का जात्राको अवसर पारेर मनाइने सिन्दूर जात्रामा उत्साहजनक सहभागिता थियो। स्थानीय नेवार समुदाय बिहानैदेखि टोल–टोलका मानिसहरू जम्मा भई जात्राको तयारीमा जुटेका थिए।
जात्राको क्रममा विभिन्न देवताका खटहरू बाजागाजासहित नगर परिक्रमा गराइको हो। सहभागीहरूले एकअर्कामा सिन्दूर छ्याप्दै नाचगान गरी उत्सव मनाएका थिए, जसले सिंगो थिमी क्षेत्र राताम्मे बनेको थियो। सिन्दूर खेल्ने परम्पराले आपसी सद्भाव, एकता र खुशी साटासाट गर्ने सन्देश दिने विश्वास रहिआएको छ।
हरेक वर्ष नयाँ वर्षको सुरुवातसँगै मनाइने यस जात्राले नकारात्मक शक्तिलाई टाढा राखी सुख, शान्ति र समृद्धि ल्याउने धार्मिक मान्यता रहेको स्थानीयवासी बताउँछन्। आज सम्पन्न सिन्दूर जात्राले थिमीको सांस्कृतिक पहिचानलाई पुनः उजागर गर्दै परम्परागत धरोहर संरक्षणमा महत्वपूर्ण योगदान दिएको छ।














प्रतिक्रिया दिनुहोस !