सरकारी छाप कीर्ते गर्ने गिरोह पक्राउ

सरकारी छाप कीर्ते गर्ने गिरोह पक्राउ
सुन्नुहोस्

दाङ : दाङ प्रहरीले सरकारी छाप र दस्तखत प्रयोग गरी कीर्ते गर्ने गिरोहलाई पक्राउ गरेको छ । सरकारी  छाप कीर्ते र चोरीका मोटरसाइकल बिक्री–वितरण गर्दै आएको आरोपमा तीन जना युवक पक्राउ परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ माछापुच्छ्रे टोलमा रहेको एक घरमा प्रहरीको टोलीले छापा मार्दा  कीर्तेमा प्रयोग भइ रहेको सरकारी छाप र अन्यकागजातसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले छापाका क्रममा संलग्न व्यक्तिहरूलाई नक्कली छाप र सवारी दर्ता किताबसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सल्यान जिल्लाको बागचौर नगरपालिका–२ निवासी वर्ष २० का दीपक भण्डारी, वर्ष १९ का सरोज घर्ती मगर र वर्ष १९ का राजन बिष्ट रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट बा.प्र.०२–०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब १ थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको डिजिटल छाप १ थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब १ थान तथा उनीहरूले प्रयोग गर्दै आएको बागमती प्रदेश ०२–०४५ प १७३० नम्बरको यामाहा कम्पनीको मोटरसाइकल १ थान बरामद गरेको छ । पक्राउ परेकाहरूलाई लिखत सम्बन्धी कसुरमा दाङ जिल्ला अदालत, घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाइएको  प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.