धनुषामा पूर्व वडाध्यक्ष मृत फेला, पुलमुनि भेटियो शव

धनुषामा पूर्व वडाध्यक्ष मृत फेला, पुलमुनि भेटियो शव
सुन्नुहोस्

ढल्केवर (धनुषा) : धनुषामा एक पूर्व वडाध्यक्ष मृत भेटिएका छन् । सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले जानकारी दिए ।

प्रहरीका अनुसार महतोको शव बुधबार राति ११ बजे गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा फेला परेको हो । शव भेटिएको स्थलमा १०-१२ वटा बियरलगायत अन्य मादक पदार्थका खाली बोतल समेत भेटिएको बताइएको छ । मृतक महतो सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘मृत्युको ठोस कारण खुल्न सकेको छैन । ठ्याक्कै भन्न सकिने अवस्था छैन । छानबिन र शव परीक्षणपछि मात्रै थाहा हुन्छ,’ प्रहरी निरीक्षक दत्तले भने । घटनास्थलमा महतोसँगै रहेका भनिएका समूह हाल फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान तथा खोजीको काम तीव्र पारिएको प्रहरी निरीक्षक दत्तले बताए । मतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैला नगरपालिका–१२ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.