रास्वपाले मन्त्री, सांसद र स्वकीय सचिवका लागि तोक्यो लेबी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी चयन भएका छन्। सिंहदरवारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रतिनिधिसभा संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो।
त्यस्तै बैठकले सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिने निर्णय गरिएको रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकले पार्टीका सांसद र मन्त्रीहरूका लागि लेबी तोक्ने प्रस्ताव पारित गरेको छ।
बुर्लाकोटीका अनुसार सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोकिएको छ। त्यस्तै मन्त्रीका स्वकीय सचिवहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको बुर्लाकोटीले जानकारी दिए। संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको बुर्लाकोटीले उल्लेख गरे।
बैठकले लेखा समितिबाहेक अन्य ११ वटा संसदीय समितिका सभापतिहरुको नाम पनि टुंगो लगाएको उनले जानकारी दिए। संसदीय समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस !