भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास

भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास
सुन्नुहोस्

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ। बागलुङको बडिगाड गाउँपालिका-७ मा निर्माण हुने भिमगिठे स्वास्थ्य चौकीको पालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब २.५ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्षसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त हुँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ स्वास्थ्य चौकी निर्माणपछि स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

नेपाल र भारतबीच नजिकका छिमेकीका रूपमा बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै नेपाल सरकारको विकास र समृद्धिको लक्ष्यलाई सुदृढ बनाउन भारत सरकारको निरन्तर सहयोग प्रतिबिम्बित भएको बताइएको छ। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.