भ्रमित सोचाइ अर्थात् स्किजोफ्रेनिया

भ्रमित सोचाइ अर्थात् स्किजोफ्रेनिया
सुन्नुहोस्

२५ वर्षीया एक युवतीलाई केही समयदेखि अरूले आफ्नो चियो गरिरहेका छन् भन्ने सोचाइ आउन थालेछ। बलात्कार गर्ने योजना बनाइरहेका छन् सोचले उनी ग्रस्त भएकी रहिछन्। डरका कारण बेलाबेलामा उनी चिच्याउने र बचाउ–बचाउ पनि भन्दिरहिछिन्। के भयो ? भनी परिवारले सोध्दा उनको जवाफ हुन्थ्यो,– केही भएको छैन। कसैले त्यस्तो केही गरेको छैन।’एक अधबैंसे पुरुषलाई श्रीमतीप्रति निकै शंका लाग्छ। श्रीमतीसँग उनको ठाकठुक परिरहन्छ। किन त ? जँचाउन आएका ती अधबैंसेले सुनाए, ‘मेरी श्रीमती अर्कै पुरुषसँग यौनसम्बन्ध राख्छे। उसको शरीरको गन्धबाटै थाहा हुन्छ।’

माथि उल्लेखित घटनाहरू भ्रमित सोचाइ अर्थात् स्किजोफ्रेनियाका उदाहरण हुन्। स्किजोफ्रेनियामा मानिसको सोचाइमा विभिन्न किसिमको समस्याहरू देखिन थाल्छन्। अरू व्यक्तिमाथि अत्यधिक शंका गर्ने गर्छन्। स्किजोफ्रेनियामा सबै व्यक्तिहरूमा एकै किसिमको लक्षणहरू हुँदैनन्। व्यक्तिअनुसार फरकफरक लक्षणहरू हुन सक्छन्। यद्यपि, धेरै बिरामीहरूमा यी तीन प्रकारका लक्षणहरू देखिन सक्छन्।

–    मिथ्याभास, भ्रमित सोचाइ आउने

–    श्रीमान्/ श्रीमती वा अरूहरूप्रति शंका र आक्षेप लगाउने
–    शारीरिक एवं मानसिक क्रियाकलाप घट्ने

स्किजोफ्रेनियाका बिरामीहरूमा अनगिन्ती भ्रमित सोचाइहरू जकडिएर बसेका हुन्छन्। बिरामीको लागि ती सोचाइहरू सत्य हुन् भन्ने विश्वास हुन्छ। यदि कसैले यस्तो होइन भनेर प्रमाण दिन खोज्यो भने उनीहरू झनक्क रिसाउँछन्। स्किजोफ्रेनिया भएका बिरामीमा डिप्रेसन पनि हुन सक्छ।
किन हुन्छ ? 

स्किजोफ्रेनियाको स्पष्ट कारण अझैं थाहा हुन सकेको छैन। केही अनुसन्धानकर्ताले स्नायुकोषबीच सूचना आदानप्रदान गर्ने न्युरोट्रान्समिटर भन्ने रसायनको समस्या हुँदा स्किजोफ्रेनिया देखा पर्ने जनाएका छन्। मस्तिष्कमा हुने विभिन्न रसायनहरूको गडबडीका कारण हुने विश्वास गरिन्छ। हालसालैका अध्ययनहरूले शिशु गर्भमा रहँदा मस्तिष्कको विकासमा खराबी आएमा यस्तो हुन सक्ने पनि देखाएका छन्।

स्किजोफ्रेनिया कुनै एउटा कारणले नभएर धेरै कारणले हुन सक्छन् भन्ने वैज्ञानिकको धारणा छ। भिटामिनको कमीको सन्दर्भमा हेर्दा भिटामिन बी –१२ को कमी करिब २० प्रतिशत स्किजोफ्रेनियाका बिरामीमा पाइएको छ। लामो समयसम्म स्किजोफ्रेनिया पीडित बिरामीको सिटीस्क्यान वा एमआरआई गरेर हेर्दा मस्किष्कको केही भाग सुकेको पाइएको छ। स्किजोफ्रेनियामा बिरामीका विचारहरूमा असर परेको हुन्छ। सोचाइहरू ज्यादै छिटो आउने, एउटा सोचाइ सकिन नपाउँदै अर्को सोचाइ थपिने, कुनै सिलसिलेवार सोचाइ नआएर जथाभावी कुराहरू आउने वा सोचाइ नै नआउने पनि हुन सक्छ। विशेषगरी १६ देखि ४० वर्षको उमेरसमूहका व्यक्तिमा यो समस्या पाइने विभिन्न अध्ययनहरूले देखाएका छन्। स्किजोफ्रेनिया भएका व्यक्तिको सोचाइहरू स्पष्ट र तर्कसंगत नभई खण्डित हुन्छन्।

औषधिले फाइदा हुन्छ ? 

यो समस्या प्रायः विस्तारै सुरु हुने हुन्छ। जँचाउन आउँदासम्म ३/४ महिना त बितिसकेको हुन्छ। औषधिले बिरामीको मिथ्याभास र भ्रमित सोचाइलाई विस्तारै कम गर्दै लैजान्छन्। यसका लागि केही हप्ता वा महिना लाग्न सक्छ। नियमित औषधि सेवन गर्दा मिथ्याभास वा भ्रमित सोचाइ हराएर जान सक्छ। औषधि खुवाउन सुरु गरे पनि निद्रामा छिट्टै सुधार हुन्छ। मिथ्याभास, भ्रमित सोचाइ र बानी व्यवहारमा सुधार हुन कम्तीमा साढे एक महिनादेखि दुई महिनासम्म लाग्न सक्छ।

 औषधि सेवन नगर्दा समस्या बढ्दै जान्छ। खाँदाखाँदै बीचैमा औषधि छोडिदिँदा रोग पुनः बल्झने जोखिम हुन्छ। औषधि खुवाउँदा पनि ठीक भएन भने रोगको निदान ठीक हो वा होइन ? चिकित्सकले दोहोर्‍याएर जाँच गर्नुपर्छ। यदि निदान ठीक हो भने औषधिको मात्रा पुगेको छ कि छैन ? भने अनुसारको मात्रा बिरामीले सेवन गरेको छ कि छैन ? निश्चित गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.