रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले वैशाख ६ गते आइतबारका लागि सचिवालय बैठक बोलाएका हुन्।
बैठक पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ३ बजे बस्नेछ। पार्टी प्रवक्ता मनिष झाका अनुसार नेताहरूको जिम्मेवारी तथा विभिन्न कार्यविधिहरू तयार पार्न बैठक बोलाइएको हो
बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक र संसदीय दलको लागि प्राविधिक सहायता एवं लेवीलगायत एजेण्डामा छलफल हुने छ।
प्रतिक्रिया दिनुहोस !