अमेरिकी पूर्व उपराष्ट्रपतिको टिप्पणी : ट्रम्पलाई नेतन्याहूले इरान युद्धमा ताने
अमेरिका : अमेरिकाकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्पलाई इरानसँगको युद्धमा तानेको टिप्पणी गरेकी छिन् ।
शनिबार एक फन्डरेजिङ कार्यक्रममा बोल्दै ह्यारिसले भनिन्, ‘उनी (ट्रम्प) एउटा युद्धमा गए, नेतन्याहूले उनलाई त्यसमा ताने । उनी त्यस्तो युद्धमा गए जसलाई अमेरिकी जनताले चाहँदैनन् र यसले अमेरिकी सैनिकहरूको ज्यान जोखिममा पारिरहेको छ ।’ ट्रम्पले ह्यारिसलाई सीधा जवाफ दिएनन् । तर सामाजिक सञ्जालमा इजरायललाई अमेरिकाको ‘राम्रो साथी’ भनेका छन् ।
डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘मानिसहरूलाई इजरायल मन परोस् वा नपरोस्, तर उसले अमेरिकाको धेरै राम्रो साथी प्रमाणित गरेको छ।’ ट्रम्पले इजरायलका बारेमा भने, ‘उनीहरू ती मानिसहरू जस्ता होइनन् जसले कठिन समयमा आफ्नो वास्तविक रूप देखाए । इजरायल दृढतापूर्वक लड्छ र जित्न जान्दछ ।’
प्रतिक्रिया दिनुहोस !