विदेशी पर्यटक पर्खिरहेको बन्दीपुर : आन्तरिक भीड बढ्दै, पूर्वाधार अझै अपुग

विदेशी पर्यटक पर्खिरहेको बन्दीपुर : आन्तरिक भीड बढ्दै, पूर्वाधार अझै अपुग
सुन्नुहोस्

तनहुँ : तनहुँको बन्दीपुर ‘पहाडकी रानी’ का रूपमा चिनिने आकर्षक पर्यटकीय गन्तव्य हो, जहाँ प्रकृति, संस्कृति र मौलिक जीवन शैलीले पर्यटकलाई लोभ्याइरहेको छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको घुइँचो लागे पनि विदेशी पर्यटक भने अपेक्षाकृत रूपमा कम देखिन्छन् ।

null

बन्दीपुरमा के छैन र ? अतिथिका लागि राम्रो खाने बस्ने व्यवस्था, एकै ठाउँमा मिलेर बसेको पुरानो बस्ती वरपरका हरियाली डाँडाकाँडाले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउँछ । यहाँ सञ्चालित होमस्टे र स्थानीय कला–संस्कृति थप आकर्षणका केन्द्र हुन् । मौलिक पहिरनले बन्दीपुरलाई छुट्टै पहिचान दिएको छ । पर्यटकका लागि आवश्यक सबै सेवा–सुविधा उपलब्ध भएकै कारण पछिल्ला दिनहरूमा बन्दीपुरमा पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । त्यसमा पनि आन्तरिक पर्यटकको त घुइँचो नै लाग्ने गरेको छ । विशेष गरी शुक्रबार, शनिबार, आइतबार वा बिदाको समयमा यहाँ आन्तरिक पर्यटक खचाखच हुने गरेका छन् ।

null

आन्तरिक पर्यटक अपेक्षाअनुसार पुगे पनि विदेशी पर्यटक भने अपेक्षाकृत रूपमा आउन सकेका छैनन् । स्वयं आन्तरिक पर्यटकहरूले नै बाह्य पर्यटक बढीभन्दा बढी भित्र्याउन सरकारको पहल आवश्यक रहेको सुझाव दिएका छन् । यहाँ यातायातको सहज व्यवस्था नहुँदा पर्यटकले केही सास्ती भोग्नुपरेको छ । कम्तिमा डुम्रेदेखि बन्दीपुरसम्म नियमित बस सेवा सञ्चालन गर्न सके पर्यटकको संख्या अझै बढ्ने आन्तरिक पर्यटक विकास क्षेत्री बताउँछन् ।

null

सरकारले यहाँको नेवारी, गुरुङलगायतका जातजातिको भेषभूषा झल्किने कला–संस्कृतिको प्रवर्द्धनका लागि संग्रहालय वा यस्तै संरचना निर्माणमा ध्यान दिनुपर्ने आन्तरिक पर्यटक सुजता क्षेत्री बताउँछिन् । बन्दीपुरमा पर्यटकको संख्या बढाउन केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्ने पार्क निर्माण गर्नुपर्ने लगायतका भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने आन्तरिक पर्यटक मनोज राना मगरको सुझाव छ ।

null

आवश्यक भौतिक पूर्वाधार अभावकै कारण आफूहरूले सडकमै कला–संस्कृति प्रदर्शन गर्न बाध्य भएको होमस्टे सञ्चालकहरू बताउँछन् । आफ्नै पहलमा जग्गा लिएको भए पनि बजेट अभावले भवन निर्माण गर्न कठिन भएको बन्दीपुर सामुदायिक होमस्टेका सचिव माया सुनारले बताइन् । सांस्कृतिक भवन निर्माणका लागि बजेट अभाव नभए पनि उपयुक्त स्थानमा जग्गा नहुँदा काम अघि बढ्न नसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको भनाइ छ ।

null

अर्कोतर्फ राति १० बजे नै होटल व्यवसाय बन्द गर्नुपर्ने र नाचगानका कार्यक्रम सञ्चालनमा प्रतिबन्ध हुँदा पर्यटक अनुभवमा असर परेको व्यवसायीहरू बताउँछन् । यसलाई मध्यनजर गर्दै समयावधि ११ देखि १२ बजेसम्म बढाउने तयारी भइरहेको गाउँपालिकाको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटकको अत्यधिक भीड बढेसँगै आवश्यक भौतिक पूर्वाधारमा कमी महसुस हुन थालेको छ । सम्भावना बोकेको बन्दीपुरमा पूर्वाधार विकास र प्रभावकारी प्रवर्द्धन गर्न सके यो गन्तव्य विदेशी पर्यटकको पनि रोजाइ बन्न सक्ने देखिन्छ । 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.