पृथ्वी राजमार्गमा धुलो नियन्त्रणका लागि पानी छर्कियो
धादिङ M पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटबेसी क्षेत्रमा धुलो नियन्त्रणका लागि पानी छर्किएको छ । धुलोका कारण समस्इा भएपछि सडकमा पानी छर्केर अस्थायी नियन्त्रणको उपाय लगाइएको हो ।
धुलाम्य सडकमा पानी छर्किएपछि स्थानीय बासिन्दालाई केही राहत मिलेको छ । नागढुंगा–मलेखु सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाले समस्या सम्बोधनका लागि तत्काल कदम चालिएको र निर्माण कार्यलाई तीव्रता दिइने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !