रास्वपा महामन्त्रीमा भुपदेव शाह मनोनीत
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भुपदेव शाह मनोनीत भएका छन्। सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्रीमा मनोनीत गरेको हो।
प्रवक्ता मनिष झाका अनुसार बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरिएको थियो। त्यस्तै सचिवालयमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनीत भएका छन्। उनीहरू प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट पदाधिकारी र सचिवालयमा मनोनीत भएका हुन्।
प्रतिक्रिया दिनुहोस !