एक व्यक्तिले गरे आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या

एक व्यक्तिले गरे आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या
सुन्नुहोस्

अमेरिका : संयुक्त राज्य अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या गरेका छन् । ३१ वर्षीय शमार एल्किन्सले आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या गरेका हुन् । 

फ्रेडी मोंटगोमेरीले छिमेकीकहाँबाट घर फर्किदा सडकपारी शमार एल्किन्सलाई देखेका थिए । एल्किन्स शनिबार दिउँसो आफ्नै घरको अगाडिको बरन्डामा बसेका थिए । दुवै जनाले एकअर्कालाई हात हल्लाए त्यसबेला बालबालिकाहरू आँगनमा खेलिरहेका थिए । अर्को बिहान जब मोंटगोमेरी उठेर पर्दा खोले, उनले सडकपारीको घरमा प्रहरी प्रवेश गरिरहेको देखे । प्रहरीको संख्या झन बढ्दै गयो ।
उनले एक प्रहरीलाई सोधे, ‘के भएको हो, अवस्था निकै खराब हो ?’ प्रहरीले हो भने ।

 

एल्किन्सले आफ्नी पत्नी र अर्को एक महिलालाई पनि गोली हानेका थिए । अर्की एक महिला (उनकी पत्नीकी बहिनी) र एक १२ वर्षीया बालिकाले ज्यान जोगाउन छतबाट हाम फालेका थिए ।

‘यो अत्यन्तै दुःखद घटना हो, सम्भवतः हामीले देखेको सबैभन्दा ठूलो त्रासदी’, मेयर टम आर्सेनोले आइतबारको पत्रकार सम्मेलनमा भने । सबैभन्दा कान्छी पीडित जायलाÞ एल्किन्स । जसको उमेर ३ वर्षको रहेको अधिकारीहरूले बताएका छन् । हत्या गरिएका अन्य बालबालिकाहरूमा  शायला एल्किन्स (५), कायला प्यु (६), लायला प्यु (७), मार्केडन प्यु (१०), सारियाह स्नो (११), खेडार्रियन स्नो (६), र ब्रायलोन स्नो (५), क्याड्डो पेरिश कोरोनरको रहेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.