जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि भेरी नगरपालिकालाई
जाजरकोट : जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि भेरी नगरपालिकाले जितेको छ । बारेकोट गाँउपालिकाको कार्कीजिउलामा भएको प्रतियोगितामा नलगाड दोस्रो र कुशे तेस्रो भएका छन् । १० स्वर्ण, १२ रजत र २ कास्य पदक सहित भेरी नगरपालिकाले प्रथम स्थान हासिल गरेको हो ।
सात स्वर्ण, २ रजत र सात कास्यसहित नलगाड नगरपालिका दोस्रो र ६ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गरेर कुशे गाँउपालिका तेस्रो भएका छन् । विजेता टिमलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
सात वटा पालिका सहभागी भएको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका विजेता खेलाडीलाई प्रदेशस्तरीय खेलमा सहभागिता जनाउने छन् । शुक्रवारदेखि चार दिनसम्म भएको प्रतियोगितामा एथेलेष्ट्रिक अन्र्तगतका फिल्डतर्फ छोटो तथा लामो दूरीका दौड, रिले दौड र ट्याक अन्तर्गतका खेलहरु त्रिपलजम्प, लङ्गजम्प, हाइजम्प, ज्याभलिङथ्रो, सटफुट, कपर्दी, भलिबल लगायतका खेलमा प्रतिस्पर्धा गराइएको जिल्ला खेलकुद विकास समितिका सचिव जयप्रसाद आचार्यले बताए ।
विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडी पहिचान गर्नका लागि विद्यालय हुँदै पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म राष्ट्रपति रनिङ्ग शिल्डका प्रतियोगिताका खेलहरु हुने गर्दछन् । तल्लो तहदेखि नै खेलाडी छनौट गदै जुनियरस्तरका राष्ट्रिय खेलाडी छनौट हुने सचिव आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस !