सर्वोच्च नेता मोजतबा खामेनीको अडियो, भिडियो र स्वास्थ्यबारे के भन्छ इरान ?
इरान : मोजतबा खामेनी ८ मार्चमा इरानको सर्वोच्च नेता बनेका थिए । तर उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन् । इरानको नयाँ सर्वोच्च नेता चयन भएको यति लामो समयसम्म खामेनी सार्वजनिक नहुँदा विश्वभर चासो छ । खामेनीको विषयमा विश्वले चासो व्यक्त गरिरहेका बेला इरानका एक पूर्व मन्त्रीले सर्वोच्च नेता मोजतबा खामेनी ‘पूर्ण रूपमा स्वस्थ’ रहेको दावी गरेका छन् ।
इरान ब्रडकास्टिङका पूर्व प्रमुख तथा पर्यटन मन्त्री रहेका इज्जतुल्लाह जरगामीले एक्स (ट्विटर) मामार्फत अहिले खामेनेईका तस्बिर वा अडियो सार्वजनिक गर्नु उपयुक्त नहुने बताएका छन् । जरगामीले मानिसहरूलाई निराधार कुरामा ध्यान नदिन आग्रह गरेका छन् । उनले लामो समयदेखि मोजतबा खामेनीको स्वास्थ्यबारे प्रश्न उठाउनेहरूतर्फ संकेत गर्दै आफ्ना भनाई सार्वजनिक गरेका हुन् ।
मोजतबा खामेनी ८ मार्चमा सर्वोच्च नेता बनेपछि उनले कुनै भाषण दिएका छन्, न त क्यामेरामा देखिएका छन् । यतिसम्मकी उनको हालसालैको कुनै तस्बिर समेत सार्वजनिक गरिएको छैन। तर पछिल्लो ४० दिनमा उनका नाममा धेरै पटक लिखित वक्तव्यहरू जारी भएका छन्। अप्रिल २० मा उनले सुन्नी धर्मगुरुहरूलाई धन्यवाद दिएका थिए । जसले उनका पिताको निधनमा समवेदना व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !