रोकिएन गाँजा तस्करी : १६० किलो बरामद, तस्कर फरार

रोकिएन गाँजा तस्करी : १६० किलो बरामद, तस्कर फरार

सुनसरी : सुनसरीमा गाँजा तस्करी नियन्त्रणमा चुनौती थपिँदै गएको छ । पछिल्लो घटनामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरे पनि तस्करहरू भने फरार हुन सफल भएका छन् ।

बुधबार बिहान करिब २ः४५ बजे  सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलदेखि करिब ८०० मिटर दक्षिण सीमा क्षेत्रबाट भारततर्फ लैजाँदै गरिएको १६० किलो प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दकिशोर प्रसाद महतोको कमाण्डमा खटिएको ५ जना र बीओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको नेतृत्वमा खटिएको ५ जना गरी १० जनाको मोबाइल गस्ती टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको छ ।

nullगस्ती टोलीलाई देख्ने बित्तिकै गाँजा बोकेर हिँडेका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए । बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार  कार्कीले जानकारी दिए । पछिल्लो समय सुनसरीमा गाँजा तस्करीका घटनाहरू निरन्तर बढ्दै गएका छन् । विशेष गरी पहाडी जिल्ला धनकुटामा उत्पादन हुने गाँजा सजिलै तराईसम्म झर्ने र त्यहाँबाट भारततर्फ तस्करी हुने क्रम तीव्र बनेको छ । स्रोतका अनुसार धनकुटाबाट भेडेटार हुँदै धरान झारिएको गाँजा सुनसरीका विभिन्न नाकाबाट भारत पठाइने गरेको छ ।

प्रहरीका अनुसार उत्पादन क्षेत्रमा कडाइ नहुँदा तस्करहरूलाई सहज भएको छ । धनकुटामा गाँजा उत्पादन र ओसारपसारमा प्रभावकारी नियन्त्रण नहुँदा तस्करहरूले खुलेआम रूपमा कारोबार गरिरहेका छन् । यसको प्रत्यक्ष असर भने सुनसरी र मोरङमा देखिएको छ, जहाँ सशस्त्र र नेपाल प्रहरीले पटक–पटक गाँजा बरामद गरिरहेका छन् । प्रहरीका अनुसार सीमावर्ती क्षेत्रबाट भारततर्फ हुने अवैध ओसारपसार नियन्त्रण गर्नु चुनौतीपूर्ण बन्दै गएको छ ।

खुला सीमा, भौगोलिक अवस्थिति र संगठित तस्कर समूहको सक्रियताले यस्तो अपराध नियन्त्रणमा कठिनाइ थपिएको उनीहरूको भनाइ छ । सुनसरीमा सशस्त्र र नेपाल प्रहरीले तस्करी नियन्त्रणका लागि गस्ती बढाइएको र अन्य निकायसँग समन्वय गरी अभियान सञ्चालन गरिरहेको भए पनि उत्पादन क्षेत्रमै कडाइ नगरेसम्म समस्या समाधान नहुने बताइएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खडकाले जिल्ला सुरक्षा समितिको बैठकमा गाजा उत्पादन र तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न जिल्लाका सबै प्रहरी युनिट र प्रहरी प्रमुखलाई निर्देशन दिएको बताए ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.