स्याङ्जाको कफीको बीउ पुग्यो अन्तरीक्षसम्म

स्याङ्जाको कफीको बीउ पुग्यो अन्तरीक्षसम्म

स्याङ्जा :  स्याङ्जाको कफीको बीउ अन्तरीक्ष पुगेर फर्केको छ । कफीका लागि प्रसिद्धी कमाएको स्याङ्जाको कफी अन्तरीक्षमा पुगेर पुनः पृथ्वी अर्थात् स्याङ्जा आइपुगेको छ । पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालको ‘फार्मस प्यासन’ ब्राण्डको कफीको बीउ अन्तरीक्ष पुगेको थियो । अर्यालले शान्ति कफी ट्रेड कम्पनीमार्फत कफी उत्पादन तथा बजारीकरण गर्दै आएका छन् ।
 

स्याङ्जाबाट जापानको गोकोरो कम्पनी हुँदै ताकुसिमा युनिभर्सिटीले यहाँको कफी अनुसन्धानका लागि अन्तरीक्षमा पठाएको फार्मर प्यासनका प्रोपाइटर बोधराज अर्यालले जानकारी दिए । अर्यालले भने, ‘अन्तरीक्षको माइनस २८ दशमलब १ डिग्री सेल्सियस तापक्रममा पुगेर बीउ फर्केको छ । सोही बीउ भर्खर उमारेको छु । अन्तरीक्षमा पुगेर फर्केको बीउ पृथ्वीमा रोप्दा के कस्ता परिवर्तन आउन सक्छ भनि अनुसन्धानका लागि यसो गरिएको हो।’

रातो चेरी, पार्चमेन्ट र ग्रीनबीनगरी ३ वटा प्याकेटमा २० ग्राम कफीको बीउले अन्तरीक्षको यात्रा गरेको हो । पार्चमेन्ट कफीको बीउ उमारेको छ भने रातो चेरी र ग्रीनबीनलाई प्रदर्शनीका रुपमा राखिने भएको छ । पृथ्वीबाट २७ किलोमिटरमाथि यात्रा ३ घण्टा अन्तरीक्षमा अडिएपछि पुनः फर्केको अर्यालको भनाई छ । हाइट्रोजन बेलुनमार्फत कफी पठाइएको थियो । 

nullअन्तरीक्षको गुरुत्वाकर्षण कम हुने अवस्थामा र  यहाँको फरक वातावरणका कारण बीउको संरचना, विकास प्रक्रियामा परिवर्तन आउन सक्ने अर्यालको अनुमान छ । यस्ता बीउ पृथ्वीमा रोप्दा कहिलेकाहीँ बोटको वृद्धि, स्वाद र उत्पादनमा फरक विशेषता देखिन सक्छ वा सक्दैन   अनुसन्धानको महत्वपूर्ण पाटो रहेको जापानी इन्जिनियर ईके सीमाको भनाई छ ।

इन्जिनियर सीमाले भने, ‘स्याङ्जाको कफीको बीउसँगै हामीले अन्य सामाग्री पनि पठाएका थियौं ।’ सीमा लामो समयदेखि स्याङ्जामा बसेर कफीका बारेमा अनुसन्धान गर्दै आएका छन् । अन्तरीक्षमा पुगेको बीउ अर्याल परिवारले उत्पादन गरेका हुन् । सो बीउ ६० दिनभित्र उम्रन्छ । अर्को बर्ष यी बिरुवालाई छुट्टै बगैंचा बनाएर रोप्ने तयारीमा भइरहेको छ ।

अर्यालले बर्षेनी हजार किलोसम्म कफी जापान पठाउने गर्दछन् । आफ्नै उत्पादन तथा खरिद गरी उनले बिगत १०÷१२ बर्षदेखि जापानमा कफी निर्यात गर्दै आएका छन् । स्याङ्जामा बर्षेनी झण्डै ३० हजार किलो कफी उत्पादन हुने गर्दछ । कफीका लागि स्याङ्जाका ११ वटै पालिका उपयुक्त मानिएका छन् । यहाँ कफीबाटै राम्रो आम्दानी गर्ने किसानहरु धेरै छन् । यहाँको कफी जापानदेखि अमेरिकासम्म निर्यात हुने गर्दछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.